FAQs Complain Problems

मुख्य समाचार:

क्वारेन्टीन अपडेट- मिति २०७७ जेठ २२ गते साँझ ६ बजे सम्म

आज सिताराम मा.वि.(प्रा.वि. शाखा) कुर्मुल्ले क्वारेन्टीनमा १ जना र बैजनाथ मा.वि. सलेता क्वारेन्टीनमा १ जना गरी थप २ जनामा RDT पोजेटिभ देखिएको छ । यस सँगै परशुराम नगरपालिकामा जम्मा ४ जनामा RDT पोजेटिभ देखिएको छ । RDT पोजेटिभ देखिएका चारै जनालाई स्वास्थ्यकर्मीको निगरानीमा अलगै राखिएको छ ।

आज साँझ ६:०० बजे सम्म RDT रिपोर्ट नेगेटिभ आएका ५० जना लाई डिस्चार्ज गरिए सँगै हाल (मिति २०७७/०२/२२ गते साँझ ६:०० बजे) यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टीनमा तपशिल बमोजिम जम्मा ९८२ जना व्यक्तिहरु क्वारेन्टीनमा रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ ।

विभिन्न नाकाबाट नगरबासीहरुलाई उद्दार गरि ल्याउने क्रम जारी रहेकाले याे संख्या बृद्दि हुने देखिन्छ ।

RDT पोजेटिभको संख्या बढेसँगै सङ्क्रमको जोखिम बढेको छ, त्यसैले सावधानीका उपायहरुको पूर्ण पालना गरी उच्च सतर्क रहन सम्पूर्ण नगरबासीहरुमा हार्दिक अनुरोध गरिन्छ ।